शेयर बजार ८० अङ्कले बढ्यो, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाण्डौ :  शेयर बजार लगातार छैटौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव ९७ अङ्कले बढेर २ हजार ९ सय ७३ दशमलव ७० विन्दुमा पुगेको छ ।

योसँगै नेप्से ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको भदौ ६ गते नेप्से २ हजार ९ सय ७४ विन्दुमा पुगेको थियो ।आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर ४ दशमलव ६३, जीवन बीमा समूहको शेयर ४ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ ।

Seti Hospital

आज ट्रेड टावर, शिवम् सिमेन्ट्स, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लुम्बिनी विकास बैंकको डिबेन्चर २०८९ झन्डै ४ प्रतिशतले घटेको छ ।आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका ४ करोड ३५ लाख कित्ता शेयर २० अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार