काठमाण्डौ: आज सुनको भाउ एकैदिन तोलामा एक हजार आठ सय रुपैयाँले बढेको छ ।
सुन आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेर एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताए। हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।
चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँले बढेर दुई हजार तीन सय २० रुपैयाँ कायम भएको महासङ्घले बताए। हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कायम भएको महासङ्घले बताए ।
प्रतिक्रिया दिनुहोस्