डडेल्धुराका कृषकले व्यावसायिक अनारखेतीबाट ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनारखेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले अनारका बोटले भरिएको छ । वार्षिक रु ५० लाख आम्दानी गर्ने लक्ष्यसहित यहाँका कृषकले व्यावसायिक अनारखेती सुरु गरेका हुन् । महादेव अनारखेती समूहले स्थानीय किसानलाई सङ्गठित गर्दै रु २० हजार वार्षिक भाडा तिरेर उक्त जमिन उपयोगमा ल्याइएको हो ।

दश महिनाअघि रोपिएका १० हजार अनारका बिरुवामध्ये हालसम्म आठ हजारभन्दा बढी बिरुवा सप्रिएका अनारखेती समूहले जनाएको छ । यसै वर्षदेखि फल दिन थालिसकेका जनाउँदै समूहका अध्यक्ष मदनराज पनेरुले बिरुवा रौतहटबाट मगाइएको बताए । जिल्लास्थित कृषि ज्ञान केन्द्र र समूहको संयुक्त आर्थिक लगानीमा सञ्चालित यो आयोजनामा अहिलेसम्म रु ६५ लाख लगानी भइसकेको अध्यक्ष पनेरुले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार र कृषकको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमलाई कृषि पर्यटनसँग जोड्दै थप प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

Seti Hospital

बृहत् अनारखेती कार्यक्रमलाई कृषि पर्यटनका रूपमा विकास गर्ने प्रयास थालिएको अजयमेरु–२ का वडाध्यक्ष शिवराज भट्टले बताए । बडीमा सुरु गरिएको बृहत् अनारखेती परियोजना भविष्यमा कृषि पर्यटनको आकर्षक गन्तव्य बन्नसक्ने उनको भनाइ छ । कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले सो क्षेत्र अनारखेतीका लागि उपयुक्त भएकाले ‘अनारखेतीको जोन’ का रूपमा आगामी दिनमा विस्तार गर्ने योजना रहेको जानकारी दिए । किसानले लगाएको अनार फल्न सुरु भएकाले सो क्षेत्र व्यावसायिक अनारखेतीका लागि उपयुक्त मानिएको उनले बताए । उनका अनुसार अनार दुई हजार मिटर अग्लो स्थानसम्म फल्ने गर्दछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार