चाँदनीको मृ*त्युमा परिवारको चीत्कार– ‘सेतीका डाक्टरको गल्तीले ज्यान गयो’

भक्तराज जोशी

धनगढी – कैलालीको भजनी नगरपालिका–२ की ३० वर्षीया चाँदनीदेवी डगौराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार शल्यक्रिया मार्फत छोरा जन्माएकी डगौराको सोमबार दिउँसो निधन भएको हो। मृतककी देउरानी नैनादेवी चौधरीका अनुसार चिकित्सकको गम्भीर लापरवाहीका कारण डगौराको मृत्यु भएको परिवारको दाबी छ।

Seti Hospital

“पहिलोपटक शल्यक्रियाका लागि पेट चिरे तर बच्चा निकाल्न सकेनन्, फेरि अर्को ठाउँमा चिरेर बच्चा निकाले,” चौधरीले भनिन्। उनका अनुसार पाठेघरमा रगत जमेको भन्दै चिकित्सकहरूले तेस्रो पटक शल्यक्रिया गरेर पाठेघर नै फालिदिएका थिए।

रगत रोक्न नसक्दा १७ पिन्ट रगत चढाइए पनि डगौरालाई बचाउन नसकिएको परिवारको भनाइ छ। उनीहरूले शल्यक्रिया र उपचारमा लापरवाही भएको भन्दै संलग्न चिकित्सकमाथि कारबाहीको माग गरेका छन्।

आमाको मृत्यु भए पनि नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तर सेती प्रादेशिक अस्पतालले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। सूचना अधिकारी किशोर श्रेष्ठले विषयबारे बुझेर मात्र धारणा दिने बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार