धनगढीमा भीषण आगलागी: आठवटा सटरमा क्षति

धनगढी: कैलालीमा आगलागीमा परी आठवटा सटरमा क्षति पुगेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति भएको भीषण आगलागीमा आठवटा सटरमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युत् सर्ट भएर लागेको आगोले विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड एण्ड सप्लायर्सका चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन वटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति पुर्‍याएको हो ।

राति करिब पौने ११ बजे सुरु भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र दमकलको सहकार्यमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणका लागि प्रहरी उपरीक्षक ९एसपी० बालनरसिंह राणाको कमाण्डमा नेपाल प्रहरीका ४५ जना र सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको कमाण्डमा २५ जना सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानायको छ ।

Seti Hospital

आगो नियन्त्रणमा ल्याउन धनगढी उपमहानगरपालिकाका दुईवटा र गोदावरी नगरपालिकाको एकवटा दमकल प्रयोग गरिएको थियो । आगलागीका कारण सटरभित्र रहेका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार