डिभोर्सबारे एलिनाका पूर्वपतिले मुख खोले, माैनतालाई कमजोरी नठान्न चेतावनी

धनगढी: गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले डिभोर्ससम्बन्धी विवादमा पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेका छन् । एलिनाले लगाएका आरोपहरूप्रति प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । पछिल्लो समय एलिनाले डिभोर्सबारे विभिन्न मिडियालाई अन्तर्वाता दिइरहेकी छन्, जसमा उनले सापकोटाले दिएको यातनाबारे खुलासा गरिरहेकी छन् । त्यसपछि सापकोटाले यसबारे प्रतिक्रिया सार्वजनिक गरेका हुन् । सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिँदै अस्ट्रेलियामै कानुनी प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, म स्पष्ट रूपमा भन्न चाहन्छु– अहिले मेरो बारेमा बनाइएका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक तथा व्यावसायिक प्रतिष्ठामा गम्भीर असर पुर्‍याइरहेका छन् । उनले आफूलाई भइरहेको सामाजिक र मानसिक क्षतिको अस्ट्रेलियामै कानुनी उपचार खोजिरहेको पनि जानकारी दिएका छन् । व्यक्तिगत मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित मैले अस्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ, न्यायको सही मार्ग पनि त्यही हो, उनले भनेका छन्

Seti Hospital

सापकोटाले हाल दुवै पक्ष आ–आफ्नै पारिवारिक र व्यावसायिक जीवनमा व्यस्त रहेको उल्लेख गर्दै भनेका छन्, ुकहिलेसम्म यस कुराको सिकार बन्नुपर्ने हो हामी रु मेरो मौनतालाई कमजोरी वा दोष स्वीकारेको संकेत ठान्नु पूर्ण रूपमा अनुचित हुन्छ । विष्णुले सम्बन्ध विच्छेद भइसकेको परिस्थितिबारे प्रतिक्रिया सार्वजनिक गरे पनि एलिनाले लगाएका आरोपहरूको भने कुनै खण्डन गरेका छैनन् । यद्यपि उनले मौननालाई दोष स्वीकारेको रूपमा बुझ्न नमिल्ने बताएका छन् । एलिनाले आफूमाथि विष्णुबाट कुटपिट हुने गरेको आरोप लगाउँदै आएकी छन् ।

विष्णुको भनाइ जस्ताको त्यस्तै :

केही समयदेखि सामाजिक सञ्जाल, विशेषगरी TikTok लगायतका प्लेटफर्महरूमा मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न टिकाटिप्पणी र भिडियोहरू फैलिरहेको कुराले मेरो ध्यान आकर्षित गरेको छ । ती सामग्रीहरूलाई मध्यनजर गर्दै केही कुरा स्पष्ट पार्नु आवश्यक ठानेको छु । 

हामी दुई जना अलग भइसकेपछि, आपसी समझदारीका आधारमा, आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक रूपमा नल्याउने र शान्तिको लागि मौन बस्ने निर्णय गरेको थिएँ । चुप लागेर बस्नु मेरो कमजोरी होइन, न त बोल्ने ठाउँ नपाएर हो । सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने वा आफ्नो ऊर्जा नकारात्मक कुरामा खर्च गर्ने मेरो स्वभाव होइन ।

हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्न उचित ठान्दिनँ । दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्छ ।

सम्बन्ध माया र सम्मानका साथ सुरु भएको थियो, त्यो लामो समय टिक्न नसके पनि त्यसको अन्त्य पनि सम्मानका साथ हुनुपर्छ भन्ने मेरो दृढ विश्वास हो । सम्बन्धित कानुनी प्रक्रिया समाप्त भइसकेको छ र अदालतले निर्णय गरिसकेको छ ।
Self-healing (आत्मोपचार) गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ । मैले के के भोगेँ, कुन अवस्थाबाट गुज्रेँ, र आफूलाई कसरी heal गरेँ – त्यो मलाई मात्र थाहा छ । बल्ल बल्ल म यस अवस्थाबाट अगाडि बढ्न सकेको थिएँ । अलग बसेको लगभग १ वर्ष र सम्बन्ध विच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिहरूले फेरि पुराना विषयहरू सामाजिक सञ्जालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यावसायिक वातावरणमा नकारात्मक असर पुऱ्याइरहेको छ ।

कठोर शब्द, धम्कीपूर्ण सन्देशहरू, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरूले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु । सम्बन्धमा आएको पीडालाई आत्म- संयमका साथ सहेर बसेको छु । यस्ता संवेदनशील विषयहरूलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रूपमा, न मानवीय रूपमा, न कानुनी रूपमा उचित ठहर्दछ ।

प्रत्येक व्यक्तिको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको मर्यादा हुन्छ, जसको सम्मान र संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । म स्पष्ट रूपमा भन्न चाहन्छु – अहिले मेरो बारेमा भइरहेका अनावश्यक TikTok भिडियोहरू र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुऱ्याइरहेका छन् । प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म- सम्मानको संरक्षणका लागि मेरो व्यक्तिगत मानहानि तथा व्यावसायिक नोक्सानीको क्षतिपूर्तिसहित मैले अस्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।

मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको संकेत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ । अहिले दुवैको आ-आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?

अन्त्यमा, यो कठिन समयमा मलाई साथ दिनुभएका सबै शुभचिन्तकहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, तपाईंहरू सबैलाई अनुरोध गर्दछु – कृपया अर्को पक्षप्रति गाली, तिरस्कार वा अमर्यादित व्यवहार नगर्नुहोस् ।
म अहिले अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी परामर्श लिँदै छु ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार