कैलालीका २३ वटा विद्यालयका फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

धनगढी: कैलालीका २३ वटा विद्यालयका फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ।

नेत्र विक्रम चन्द (विप्लव) निकट विद्यार्थी संगठन अखिल (समाजवादी)ले जिल्लाको जोशीपुर गाउँपालिकाका २३ वटा विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको हो।

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको सहभागितामा ७० विद्यार्थीलाई कापी, पेन लगायतका शैक्षिक सामाग्री वितरण गरिएको अखिल समाजवादीका केन्द्रीय कोषाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज बबरजङ्गले बताए। उनी कार्यक्रमको विशिष्ट अतिथि थिए। उनले सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागितामा शैक्षिक सामाग्री वितरण गरेको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार