पूर्वराष्ट्रपति भण्डारी एमाले मुख्यालयमा

काठमाडौं :  नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच आज दिउँसो ३ बजे समसामयिक राजनीतिक विषयमा छलफल हुने समय तय भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो च्यासलमा भेटवार्ता हुनेछ। 

Seti Hospital

एमाले पोलिटब्युरो बैठकले शनिव ार परिमार्जनसहित पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको थियो। सोअघि विधान मस्यौदाबारे सचिवालय बैठकमा छलफल भएको थियो। 

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान मस्यौदामा उमेर हद ७० वर्ष खारेज गर्ने र दुई कार्यकाल व्यवस्थालाई खारेज गर्ने निर्णय गरेको थियो। पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय र उनको सक्रिय राजनीतिमा आउने विषयलाई लिएर पार्टीको बैठकमा गम्भीर छलफल भएको छ। आगामी केन्द्रीय कार्य समितिको बैठकले सो विषयलाई छलफलसहित अनुमोदन गर्ने नेताहरुको भनाइ छ। 

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपतिबिच पार्टीको आन्तरिक विषयमा छलफल हुने भएपछि चासोका साथ हेरिएको छ। पूर्व राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय राजकुमार राईले पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिए। दुई नेताहरुबिचको भेटले पार्टीको आन्तरिक जीवनमा सकारात्मक सन्देश प्रवाह हुने उहाँले विश्वास व्यक्त गरेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार