टिकापुरमा शिक्षकको शङ्कास्पद मृत्यु, सँगै खाजा खाइरहेका तीन जना समातिए !

धनगढी – कैलालीमा एक शिक्षकको शङ्कास्पद मृत्यु भएको छ । जानकी गाउँपालिका– ४ स्थित जनता नमुना माविमा कार्यरत धनगढीको तारानगरका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनी शनिबार राति टीकापुरको लोकल स्टेशन होटलमा खाजा खाइरहेको अवस्थामा एक्कासी बेहोस भएका थिए । उपचारका उपचारका लागि टीकापुर अस्पतालमा पुगाइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

Seti Hospital

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले घटना शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि पन्तसँगै खाजा खाइरहेका तीन जनालाई पक्राउ गरिएको बताएका छन ।

पेयपदार्थमा विषादी सेवन गराएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार