कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

धनगढी :  कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। कैलालको धनगढी उपमहानगरपालिका–३ त्रिनगर पोष्ट स्थित डोटीको दिपायल सिलगडी नगरपालिका–३ बस्ने १९ वर्षीय दिपेन्द्र नेपाली पक्राउ परेका छन्। नेपालीलाई चेकजाँच गर्दा १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट भारत लखिमपुर खिरी सुडा बस्ने २५ वर्षीय कल्लु रानालाई १ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित अस्थाई प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यसैगरी जानकी गाउँपालिका–४ बेलपुरबाट सोही ठाउँ बस्ने २५ वर्षीय निरज कठरिया र २० वर्षीय अमन बडायक २ ग्राम ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार