दार्चुलाका नौ वटै स्थानीय तहले १० बर्से गाउँ शिक्षा योजना निर्माण

दार्चुला : दार्चुलाका नौ वटै स्थानीय तहले १० बर्से गाउँ शिक्षा योजना निर्माण गरेका छन् । सङ्घका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको निर्देशनमा यहाँका स्थानीय तहले गत आर्थिक वर्ष २०८१/८२ मा आव २०९०/९१ सम्म लागु हुने गरी १० बर्से गाउँ शिक्षा योजना निर्माण गरेका हुन् । 

तोकिएको उमेर समूहका सबै बालबालिकाको सर्वाङ्गीण विकास र आधारभूत शिक्षाको तयारीका लागि प्रारम्भिक बालविकास सेवामा पहुँच बढाउन, प्रारम्भिक बालविकास तथा शिक्षाका सेवामा गुणस्तर सुनिश्चित गर्ने, प्रारम्भिक बालविकास तथा शिक्षालाई भौतिक पूर्वाधारको सबलीकरण गरेर बालमैत्री बनाउन र सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अनुभवसहित कक्षा १ मा भर्ना गराउने उद्देश्यका साथ १० बर्से गाउँ शिक्षा योजना निर्माण गरिएको दुहुँ गाउँपालिका शिक्षा शाखा प्रमुख लोकेन्द्रबहादुर बमले जानकारी दिए । 

Galaxy

यहाँका दुई नगरपालिका र छ गाउँपालिका गरेर आठ स्थानीय तहले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको ढाँचामा १० बर्से गाउँ शिक्षा योजना निर्माण गरेका छन् भने मार्मा गाउँपालिका योजना निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्रप्रसाद जोशीले जानकारी दिए । समय अभावका कारण शिक्षा योजनालाई केन्द्रको ढाँचामा समावेश गर्न नसकिएको तथा निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । 

स्थानीय तह स्वायत्त भएका कारण १० बर्से गाउँ शिक्षा योजना निर्माण गरी कार्यान्वयन गर्ने दायित्व उनीहरूकै भएको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले बताए । “पाँचबर्से अद्यावधिक योजना र १० बर्से गाउँ शिक्षा योजना निर्माण गरी स्थानीय तहले नीति कार्यक्रम र बजेटमा समेट्नु पर्छ,” समन्वय एकाइ प्रमुख पन्तले भने । १० बर्से गाउँ शिक्षा योजना स्थानीय तहको मूल्याङ्कनको आधारसमेत भएको उनको भनाइ छ । 

१० बर्से गाउँ शिक्षा योजना कार्यान्वयनपश्चात् सबै बालबालिकाका लागि गुणस्तरीय प्रारम्भिक बालविकास तथा शिक्षाको अवसर र पहुँच सुनिश्चित हुने, विद्यालय शिक्षामा सबै बालबालिकालाई पहुँच, सहभागिता र गुणस्तरको सुनिश्चितता हुने बताइएको छ । १० बर्से गाउँ शिक्षा योजना निर्माणका लागि विश्व खाद्य कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको छ ।    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार