धनगढीमा बालिका अपहरण गर्न खोजेको आरोपमा एकजना पक्राउ

धनगढी : धनगढीमा बालिका अपहरण गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । धनगढी– १३ हिमाली टोलमा १० वर्षीया बालिकालाई घरमै पुगेर अपहरण गर्न खोजेको भन्दै एक पुरुषलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी– ११ बेलीका रामचन्द्र जोशी पक्राउ परेका हुन् । ‘जोशीको मानसिक अवस्था कमजोर रहेको देखिएको छ,’ डीएसपी सिंहले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार