शिवपुरी धामोत्सवमा डडेल्धुराका नेता करण मल्लसहित जनप्रतिनिधिको सहभागिता

भक्तराज जोशी

धनगढी – सुदूरपश्चिममा नमूना गुरुकुल स्थापना गर्ने उद्देश्यले आयोजित श्रीमद्-हरिहर चातुर्मास अनुष्ठान अन्तर्गतको शिवपुरी धामोत्सवमा डडेल्धुराका प्रख्यात नेता करण मल्ल परिवारसहित उपस्थित भएका छन्।

शुक्रबार साँझ सम्पन्न भव्य महाआरती कार्यक्रममा मल्लसँगै धनगढी उपमहानगरपालिकाका वडा नं. २, ३ र ४ का वडा अध्यक्ष तथा वडा सदस्यहरू पनि सहभागी भएका थिए। भक्तजनको बाक्लो उपस्थिति रहेको यस अवसरमा धार्मिक वातावरणलाई झनै आभामण्डलित बनाउन सांगीतिक प्रस्तुति र भजन–कीर्तन समेत गरिएको थियो।

Seti Hospital

कार्यक्रम आयोजक सत्य सेवा प्रतिष्ठानका अनुसार, यो अनुष्ठान २०८२ असार २२ गतेदेखि निरन्तर जारी रहेको छ र कार्तिक १९ गतेसम्म चल्नेछ। गुरुकुल शिक्षा र धार्मिक संस्कार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस धामोत्सवमा सुदूरपश्चिमभरिका भक्तजनहरूको उल्लेखनीय सहभागिता रहँदै आएको आयोजकले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार