शिवपुरी धामोत्सवमा भक्तजनका लागि एनएमबी बैंकद्वारा आधुनिक पानीको धारा

भक्तराज जोशी

धनगढी। सुदूरपश्चिममा सुरु भएको भव्य शिवपुरी धामोत्सवमा सहभागी भक्तजनलाई सहज पानी पिउन सक्ने सुविधा उपलब्ध गराइएको छ।

भक्तजनको सुविधालाई ध्यानमा राख्दै एनएमबी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आधुनिक पानी पिउने धाराको व्यवस्था गरी हस्तान्तरण गरेको हो।

SHIKHAR COOL TECH

शिवपुरीमा जारी श्रीमद् हरिहर चातुर्मास अनुष्ठान अन्तर्गत हजारौं श्रद्धालु भक्तजनको भीडलाई लक्षित गर्दै स्थापना गरिएको उक्त धारामा सामान्य र चिसो पानी दुवै उपलब्ध छन्।

एनएमबी बैंकका अनुसार यस किसिमका पहलहरूले समाजप्रतिको दायित्व पूरा गर्नुका साथै धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई पनि समर्थन गर्दछ।

सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित धामोत्सव असार २२ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएको छ, जसमा विभिन्न धार्मिक कार्यक्रम, प्रवचन र आरतीसमेत भइरहेको आयोजक समितिले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार