धनगढी । सुदूरपश्चिममा नमुना गुरुकुल स्थापनार्थ आयोजित श्रीमद्–हरिहर चातुर्मास अनुष्ठान अन्तर्गत जारी शिवपुरी धर्मोत्सवमा श्रावण महिनाको सुरुवातसँगै भक्तजनहरूको बाक्लो भीड देखिएको छ ।
सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित यस धार्मिक महोत्सवमा दैनिक सामूहिक महाआरती प्रमुख आकर्षण बनेको छ । आयोजक समितिका अनुसार प्रत्येक दिन साँझ आयोजना हुने आरतीमा स्थानीय भक्तहरूसँगै विभिन्न ठाउँबाट आएका श्रद्धालुहरूको सहभागिता बढ्दो छ ।
गुरुकुल संस्कार प्रवद्र्धन र धार्मिक चेतना जगाउनको उद्देश्यले आयोजना गरिएको चातुर्मास अनुष्ठानमा वेदपाठ, प्रवचन, सांस्कृतिक प्रस्तुति र भक्तिमय कार्यक्रमसमेत समावेश गरिएको आयोजकले जानकारी दिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः







प्रतिक्रिया दिनुहोस्