कञ्चनपुरको कृष्णपुर नगरपालिकामा निःशुल्क शव बाहन सेवा सञ्चालन

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ।

नगरवासीलाई आर्थिक तथा व्यवस्थापकीय सहजता पु¥याउने उद्देश्यले शव वाहन सेवा सञ्चालनमा ल्याएको  नगर प्रमुख हेमराज ओझाले बताए।

Seti Hospital

नगरबासीलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिनु हुदै नगर प्रमुख ओझाले छिमेकी पालिकाका बासिन्दालाई पनि सो सेवा निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाईएको बताए।  “शव बाहन अभावमा नागरिकले निजी गाडीमा शव लैजानुपर्ने बाध्यता हटाउने उद्देश्यले यो सेवा सुरु गरिएका छौं” उनले भने, “नगरको सामाजिक उत्तरदायित्वअनुसार जनताको दुःखमा साथ दिने हाम्रो प्रयास हो।” 

निःशुल्क शव वाहन सेवाको सञ्चालनसँगै नागरिकले नगर कार्यालय संगै सम्बन्धित वडाबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ।  चालकसंग सम्पर्क गरेर पनि सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको नगरपालिकाको वडा नं २ का वडा सदस्य अर्जुन बहादुर साउदले बताए। नगरपालिकाले यसअघि  एम्बुलेन्स सेवा, स्वास्थ्य शिविर, विपन्न लक्षित कार्यक्रम जस्ता सामाजिक पहलहरू सञ्चालन गर्दै आएको छ।  शववाहन सेवा थपिएसँगै नगरपालिकाले नागरिकमैत्री सेवा विस्तारमा नयाँ उदाहरण प्रस्तुत गरेको उनले बताए।

स्थानीय समाजसेवी, जनप्रतिनिधि र सर्वसाधारणले नगरपालिकाको यो कदमलाई स्वागत गर्दै दुःखद घडीमा राहतको महसुस हुने प्रतिक्रिया दिएका छन। शव बाहन नगरपालिकाको आन्तरिक आय २६ लाखमा खरिद गरिएको बताइएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार