किसानलाई ८१ हजार जडीबुटीका बिरुवा वितरण

कैलालीः धनगढी उपमहानगरपालिका–७ स्थित वनस्पति अनुसन्धान केन्द्रअन्तर्गतको देवहरिया वनस्पति उद्यानले ८१ हजारभन्दा बढी वनस्पति र जडीबुटीका बिरुवा स्थानीय किसानलाई वितरण गरेको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५० हजार जडीबुटीका विरुवा उत्पादन गर्ने लक्ष्य लिएको केन्द्रले ८१ हजार २४२ बिरुवा उत्पादन गरी  स्थानीयलाई वितरण गरेको केन्द्रका प्रमुख गङ्गादत्त भट्टले बताए। केन्द्रले कुरिलो, चिउरी, निम, तेजपात, शीतलचिनीलगायत बिरुवा उत्पादन गरी  वितरण गरेको केन्द्रले जनाएको छ।

SHIKHAR COOL TECH

व्यावसायिक रूपमा जडीबुटीखेती गर्न इच्छुक किसानले बिरुवा लिन चाहेमा वडाको सिफारिस र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपिका साथ केन्द्रमा आवेदन गर्नुपर्ने उनले बताए। गत आवमा कैलालीको चुरे गाउँपालिका–३ मा २९, चुरे गाउँपालिका–४ गर्भामा २५ जना किसानलाई केन्द्रु तालिम दिएकोे थियो। सोही आवदेखि बाजुराको बूढीगङ्गा २९ र अछामको मेल्लेखमा ६० जना व्यावसायिक रुपमा जडीबुटीखेतीमा लागेका केन्द्र प्रमुख भट्टले जानकारी दिए। 

सुदूरपश्चिमका पहाडी जिल्लामा रिठा, सतुवा, डालेचुक उत्पादन हुने गरेकाले त्यसलाई आधार बनाएर तालिम दिइएको हो। कैलालीको चुरे गाउँपालिकाका विभिन्न सामुदायिक वनमा ७ हजार ९ सय चिउरीका बिरुवा वितरण गरिएको केन्द्रले जनाएको छ। समूहमा जडीबुटीखेती गर्ने सहकारीलाई पाँच लाख अनुदानको व्यवस्था गरिएको केन्द्र प्रमुख भट्टले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार