देश जटिल मोडमा हुँदा पनि सरकार भ्रष्टाचारमै लिप्त छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले जटिल मोडमा रहेको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित ‘श्रम उत्पादनमा वाइसिएल अभियान’ को शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले देश संकटपूर्ण मोडमा पुगेको बताएका हुन् ।

Seti Hospital

उनले वर्तमान सरकारलाई आरोप लगाउँदै जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने अवस्था सिर्जना भएको टिप्पणी गरे । ‘सुशासनविरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ,’ अध्यक्ष दाहालले भने, ‘जनतासँग सम्बन्ध विस्तार गर्दै श्रम र उत्पादनसँग जोडिएर हामीले सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अघि बढ्नुपर्छ ।’

कार्यक्रममा उनले सरकारको चरम भ्रष्टाचारप्रतिको मौनता र जनभावनाविपरीतका गतिविधि सहन नसकिने बताउँदै सरकार चेतिएन भने सडकबाट प्रतिवाद गर्ने चेतावनी पनि दिए ।

दाहालले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउने शक्तिहरूलाई परास्त गर्न सकिने उल्लेख गर्दै, वाइसिएलको अभियानलाई श्रम र उत्पादनसँग जोडेर देश निर्माणमा योगदान दिन आह्वान गरे ।

‘हामीले खबरदारी गर्दागर्दै पनि सरकारले भ्रष्टाचारको बाटो छाडेन भने जनतासँगै सडकमा उत्रिने छौं,’ दाहालले भने ।

कार्यक्रममा माओवादी निकट युवा संगठन वाइसिएल नेपालले उत्पादनमुखी अभियानलाई तीव्र रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार