बेहडाबाबा मन्दिरलाइ धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बेहडाबाबा मन्दिरलाइ धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।  

बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका-१६ रामपुर कैलालीले आज बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महा-महोत्सव २०८२ ऐतिहासिक पश्चिमको ऐतिहासिक श्रावण मेलाको उदघाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

उहाँले बेहडाबाबा मन्दिरलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । धनगढी बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगंगा नदीमा पुल निर्माणको ढिलाइ कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर त्यसलाई अगाडि बढाउन आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाइ निर्देशन दिनुभएको छ ।

साथै उहाँले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको पहलमा प्रदेश सरकारले करिब १३ करोड यस क्षेत्रको विकासका लागि विनियोजित गरेको बताउनु भयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार