कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया :  कैलालीबाट प्रहरीले सवारी ज्यान कसुरका २ र लागू औषध मुद्दाका एक जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना तोकेका ३ जनालाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएका लम्की चुहा नगरपालिका – ३ चिसापानीका २७ वर्षीय विजय आचार्य, सवारी ज्यान कसुर मुद्दामै १५ दिन कैद सजाय तोकिएका लम्की चुहा नगरपालिका – ३ चिसापानीकै २८ वर्षीय नमराज चापागाईँ र लागू औषध खैरो हेरोइन मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका लम्की चुहा – ३ चिसापानीका ३१ वर्षीय दिपा कुमारी विष्ट ९साउँद० पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार