एसईईमा सतप्रतिशत नतिजा ल्याउने बैतडीका ७ विद्यालय सम्मानीत

बैतडी : एसईईमा उत्कृष्ट नतिजा ल्याउने बैतडीका ७ विद्यालय सम्मानीत भएका छन। प्रिन्सीपल्स एसोसियन अफ नेपाल जिल्ला कार्य समिति बैतडीले २०८१ को एसईई परिक्षामा सतप्रतिशत नतिजा ल्याउने विद्यालयहरुलाई सम्मान गरिएको सिद्धेश्वर माध्यमिक विद्यालय पाटन-०१ मेल्चौराका प्रधानाध्यापक तथा सचिव दिपेन्द्र सिह चाडले बताउनुभयो।

बैतडीमा २०८१ को एसईईको नतिजामा ५ सामुदायिक र २ संस्थागत विद्यालयहरुले सतप्रतिसत नतिजा ल्याएका थिए। शीतलपुर मा.वि मेलोली नगरपालिका–०१, प्रीतिपुर मा.वि मेलोली नगरपालिका–०३, डिलेश्वरी मा.वि हाट पुर्चौडी, बेतालेश्वर मा.वि दोगडाकेदार सरस्वती संस्कृत मा.विले सतप्रतिसत नतिजा ल्याएका थिए। यसैगरी निङलाशैनी बोर्डिङ स्कुल दशरथचन्द नगरपालिका–०२ देहिमाण्डौ र पाटन नगरपालिका–०६ मा रहेको पाटन भ्याली स्कुलले सतप्रतिशत नतिजा ल्याएका थिए।

SHIKHAR COOL TECH

शैक्षिक गुणस्तर सुधारमा थप टेवा पुग्ने अपेक्षा र हौसला बढाउनका लागि लागि प्रिन्सीपल्स एसोसियन अफ नेपाल जिल्ला कार्य समिति बैतडीले सम्मान गरेको जनाईएको छ। प्रिन्सीपल्स एसोसियन अफ नेपाल जिल्ला कार्य समिति बैतडीका अध्यक्ष पदम राज जोशीको अध्यक्षतामा सम्मान कार्यक्रमको आयोजना गरिएको हो।

सम्मान कार्यक्रमका प्रमुख अतिथि समन्वय एकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थी रहनु भएको थियो। यसैगरी पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेय बिशिष्ट अतिथि रहनुभएको जनाईएको छ।

सम्मान कार्यक्रम प्रिन्सीपल्स एसोसियनका सविच चाडले सञ्चालन गर्नुभएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार