धनगढी : कैलालीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका– २ साडेपानीस्थित पूर्व पश्चिम राजमार्ग नजिक नाम थर नखुलेका एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राजमार्गबाट करिब १० मिटर टाढा अन्दाजी ५५÷६० वर्ष उमेरका पुरुषको शव भेटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्