बझाङको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी

बझाङ :  बझाङको एउटा उद्योगमा आगलागी भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका–४, बागथला बजारमा रहेको होनैनाथ गार्मेन्ट उद्योगमा मंगलबार राती आगलागी भएको हो । आगलागी हुँदा उद्योग पूर्ण रुपमा नष्ट भएको बताईएको छ । स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित सो गार्मेन्टमा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ ।

जस्तापाताले छाएको एकतले तीन कोठे कच्ची भवनमा सञ्चालित उक्त उद्योग आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाले बताए ।

Seti Hospital

घटनाको जानकारी राति करिब १ः३० बजे प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बागथलाबाट प्रहरी निरीक्षक हरकसिंह फरालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा राति २ बजेपछि आगो नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भएका छन् भने मानवीय र चौपायाको भने कुनै क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार आगलागी भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार