छाउगोठमा कमलाको मृत्यु घटनाप्रति सर्वोच्च बार कानुन व्यवसायी महिला समितिद्वारा दु:ख व्यक्त

काठमाडौँ : सर्वोच्च अदालत बार एशोसिएसन कानुन व्यवसायी महिला समितिले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ निगालीकी ३० वर्षीया कमला आउजीको छाउगोठमा सर्पले डसाइबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । 

समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कमलाको सर्पदंशबाट निधन भएको हृदयविदारक घटनाले आफूहरुलाई स्तब्ध बनाएको जनाएको छ ।

Seti Hospital

समितिले आउजीको मृत्यु नेपाली समाज, राज्य र कानुनप्रति भइरहेको निरन्तर उपेक्षा र संवेदनहिनताको गम्भीर परीणाम भएको जनाउँदै कानुन लागू गरेको ७ वर्ष हुँदासम्म पनि यसको प्रभावकारी कार्यान्वयन नभएको र राज्य संयन्त्रको उदासिनताका कारण यस्ता कुप्रथाहरु अहिलेसम्म पनि रहेको विज्ञप्तिमा जनाइएको छ ।

समितिले घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ । त्यस्तै छाउगोठ मात्र नभई मानिसमा गढेको अन्धविश्वास, विभेद र अमानवीय संस्कारका गोठहरु भत्काउन सम्पूर्ण सरोकारवाला सक्रिय हुन आवश्यक रहेकोमा समितिले जोड दिएको छ ।

संविधानले प्रत्याभूत गरेको सम्मानपूर्ण बाँच्न पाउने हक, समानताको हक र महिलाको हकको प्रभावकारी कार्यान्वयन पनि समितिले सरकारसँग माग गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार