अनलाइन सट्टेबाजीमा संलग्न ५ जना पक्राउ, १८ मोबाइल र ५ ल्यापटप बरामद

काभ्रेपलाञ्चोक : काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ ।

मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेंटबाट अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका-८ इमाटोल बस्ने ३२ वर्षीय दिगज नकर्मी र भक्तपुर नगरपालिका-४ कमल बिनायक बस्ने २८ वर्षको संजीव कुशी र २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक नगरपालिका-७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका-१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जनलाई प्रहरीले पक्राउ गरेहो ।

Seti Hospital

उनीहरूलाई असार ३० गते दिउँसो जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले छापा हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी कोमल शाहले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा होटलमा अनलाइनमार्फत जुवा खेलाउने गतिविधि भइरहेको भन्ने जानकारी पाएपछि अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले घटनास्थलबाट १८ थान मोबाइल फोन, पाँच थान ल्यापटप र सट्टेबाजीसम्बन्धी विभिन्न सामग्रीहरू बरामद गरेको छ ।

उनीहरू रिसोर्टको कोठा भाडामा लिएर अनलाइन एप्स र वेबसाइटमार्फत खेलाडीहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘मुख्य व्यक्ति को हो भन्ने पहिचान भएको छैन, करोडभन्दा बढीकै कारोबार भको देखिन्छ’, प्रहरी प्रमुख शाहले भने, ‘त्यससँग सम्बन्धित एक्सपर्टलाई बोलाएका छौं, घटनास्थलबाट बरामद १८ थान मोबाइल फोन, ५ थान ल्यापटप र सट्टेबाजीसम्बन्धी विभिन्न सामग्रीहरू अनुसन्धान गरेपछि थप कुरा खुल्ला ।’

प्रहरीले पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीसहितको फोटोसमेत सार्वजनिक गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार