काठमाडौँ : राप्रपाका प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानबिनका लागि सम्बन्धित मन्त्रीलाई प्रक्राउ गर्न माग गरेका हुन् ।
‘पहिले-पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए कासी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू !,’ शाहीले भने ।
त्यस्तै अडियो टेप सार्वजनिक भएको र पैसा लेनदेन भएको अवस्थामा राजीनामा मात्र दिएर उम्कन नपाइने प्रमुख सचेतक शाहीको भनाइ छ ।
‘हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं योद देशमा । आयोगले के गरेर बसेको छ सम्माननीय सभामखु महोदय ? गृहमन्त्रालयगतका युनिटहरुले के हेरेर बसेका छन् ? मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छन् ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस् । त्यति मात्र होइन अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस्,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्