नगरपालिकाद्धारा सेभ हाउस र सुप समावेशी विद्यालयलाई खाद्यान्न हस्तान्तरण

धनगढी :  गोदावरी नगरपालिकाले अत्तरिया क्षेत्रमा रहेको महिला तथा बालबालिका सेभ हाउस र सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई नगरपालिकाको बहुक्षेत्रीय पोषण योजना अन्तर्गत खाद्यान्न र स्वच्छता सामग्री हस्तान्तरण गरेको छ। यसले अनाथ, अपाङ्गता भएका तथा सुविधाविहीन बालबालिकाको पोषण, स्वास्थ्य र शैक्षिक आवश्यकता पूरा गर्ने लक्ष्य राखिएको छ।

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सेभ हाउसकी अध्यक्ष जानकी मलासी र विद्यालयकी प्रधानाध्यापक देवी साउँदलाई १०(१० कट्टा चामल, दाल, तेल, साबुन, ब्रश, कोलगेट लगायत सामग्री हस्तान्तरण गर्दै भने, “यस्ता संस्थाहरूलाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता छ। अनाथ र अपाङ्ग बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण हाम्रो प्राथमिकतामा छ।”

SHIKHAR COOL TECH

विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउदले यो सुदूरपश्चिमको पहिलो र नेपालको दोस्रो समावेशी विद्यालय हो भनेर जानकारी दिए। खगेन्द्र नवजीवन विद्यालय पछिको यो अग्रणी संस्था हो, जहाँ ८० जना अपाङ्गता भएका विद्यार्थी सहित अन्य जिल्लाबाट पनि विद्यार्थी अध्ययन गर्छन्।

हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रतिनिधि, पदमा अस्पतालका डा। नरबहादुर मौनी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु देवी बोहरा, स्थानीय वडा सदस्य डबल साउद र आरती लोहार लगायतको सहभागिता रहेको थियो।

गोदावरी नगरपालिकाले पोषण, स्वच्छता, र शिक्षा जोड्ने यस अभियानलाई बहुक्षेत्रीय योजनाअन्तर्गत अगाडि बढाउने बताएको छ। यसले समाजका सीमान्तीकृत वर्गलाई सशक्त बनाउने राष्ट्रिय लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार