कैलालीमा ३ थान पस्तोल र जरायोको सिंहसहित ३ जना पक्राउ

धनगढीः कैलालीमा ३ थान पस्तोल र जरायोको सिंहसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–९ आमबाडी बस्ने ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय बिकास कार्की र भजनी नगरपालिका–५ बस्ने ३० वर्षीय सुरेश बिक रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले दिलिप कार्कीको घरमा खानतलासि गर्दा हातहतियारसहित तीनै जनालाई सोमवार पक्राउ गरेको जनाएको छ।

Seti Hospital

उनीहरुको साथबाट एनएफ बबी लेखिएको पेस्तोल १ थान, सोही पेस्तोलको गोलि ११ राउण्ड, म्यागजिन १ थान, नबिकरण नभएको २२ बोर (हर्नेट) १ थान, सोही हर्नेटको गोली २४ राउण्ड, कटुवा पेस्तोल १ थान, भरुवा बन्दुकको काठ १ थान, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा १ थान, मयुरको प्वाख २ गुच्चा र जरायोको सिंह ३ थान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार