धनगढी उपमहानगरपालिकाका विद्यार्थीको शैक्षिक सुधार कार्यक्रमलाइ लायन्स क्लब अफ धनगढी सिटीले सहयोग

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका विद्यार्थीको शैक्षिक सुधार कार्यक्रमलाइ लायन्स क्लब अफ धनगढी सिटीले सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिकाका ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई पोसाक वितरण गर्न ७५ हजार सहयोग गरिएको हो।

SHIKHAR COOL TECH

लायन्स क्लब अफ धनगढी सिटीको १५औँ स्थापना दिवसको अवसरमा उपमहानगरपालिकालाई आर्थिक सहयोग गरिएको छ। लायन्स क्लब अफ धनगढी सिटीको अक्षय कोषको रुपमा रहेको मोनास्मृति कोष र कौशलाकुमारी स्मृति कोषबाट सहयोग गरिएको क्लबले बताएको छ। लायन्स क्लब अफ धनगढी सिटीले विगतका वर्षहरूमा विद्यार्थीलाई उक्त कोषबाट सोझै रकम दिने गरेको थियो। तर, यो शैक्षिक सत्रमा भने उपमहानगरपालिकालाई रकम हस्तान्तरण गरिएको हो।

धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न विभिन्न संघ/संस्थाहरूबाट हालसम्म ६४ लाख ४५ हजार सात सय ५० रुपैयाँ सहयोग रकम सङ्कलन गरेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार