बैतडीका चार पालिकामा नयाँ ‘हाकिम’

बैतडी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका चारओटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। लोक सेवा आयोगका सिफारिश बमोजिम नियुक्त भइ मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका शाखा अधिकृतहरुलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको हो।

मन्त्रालयले आधारभूत प्रशासन प्रशिक्षण लिएको ३९ औं ब्याचका १ सय १४ जना शाखा अधिकृतहरुलाई विभिन्न ठाउँमा खटाएको छ। यही असार २५ गतेको निर्णय अनुसार बैतडीको सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। यी पालिकाहरुमा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम गर्दै आएका थिए।

सुर्नया गाउँपालिकामा वसन्तबहादुर धानुक, पञ्चेश्वर गाउँपालिकामा दलबहादुर धामी, दोगडाकेदार गाउँपालिकामा नरेशराज जोशी र डिलाशैनी गाउँपालिकामा देवराज चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको मन्त्रालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार