बाजुरा: बाजुरामा रहेको बिरेखोला झरना आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । जिल्लाको बडीमालिका नगरपालिका– ६ र ८ को सीमास्थित रापकामा पर्ने उक्त झरना पछिल्लो समय पर्यटकहरुको प्रमुख गन्तव्यका रुपमा चिनिन थालेको हो ।
जिल्ला सदरमुकामबाट करिब ६ किलोमिटरको यात्रापश्चात पुग्न सकिने उक्त झरना साफे–मार्तडी सडकखण्डको छेवैमा रहेको छ । जसले गर्दा उक्त झरनामा पुग्न एकदमै सहज हुने गरेको स्थानियहरु बताउँछन । अछामबाट पनि करिब ५० किलोमिटर दूरीमा पर्ने सो झरना वर्षायाम सुरु भएसँगै असारदेखि कात्तिक महिनासम्म बालकदेखि वृद्धसम्मका लागि प्रमुख गन्तव्य बन्ने गरेको स्थानीय रुपक थापाले बताए ।
बडीमालिका नगरपालिकाले विरेखोला झरनालाई आन्तरिक पर्यटनको प्राथमिक गन्तव्यका रूपमा सूचीकरण गरेको छ । नगरप्रमुख अमर खड्काका अनुसार झरनालाई थप व्यवस्थित र आकर्षक बनाउने योजना अगाडि बढाइएको छ । करीब २०० मिटर लामो झरना हेर्न एक सिजनमा १ लाखभन्दा बढी पर्यटक पुग्ने गरेको बताईन्छ । झरनामा बाजुरासहित छिमेकी जिल्ला अछाम र बझाङका पर्यटकको उल्लेख्य उपस्थिति हुने गरेको छ । झरना स्थानीय व्यापारीका लागि आम्दानीको स्रोतसमेत बनेको छ । भौतिक पूर्वाधार विकास गर्न सके विदेशी पर्यटकसमेत आकर्षित गर्न सकिने र यसले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने विश्वास स्थानीयवासीको छ ।
प्रतिक्रिया दिनुहोस्