धनुषा : धनुषा प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत अभद्र भाषा प्रयोग गरेको अभियोगमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुन रहेकी छिन् ।
प्रहरीका अनुसार खातुनले आइतबार आफ्नो टिकटक लाइभमा आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेकी थिइन् ।
सामाजिक सद्भाव र मर्यादाविपरीतको व्यवहार देखिएको भन्दै उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरी हाल जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।
उनीविरुद्ध थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्