‘कर्णालीको पानी लम्कीवासीलाई’ योजनाको दोस्रो चरणको काम सुरु

कैलाली : कैलालीको लम्कीचुहा नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी घरघर पुर्‍याउने कार्यलाई तीव्रता दिइएको छ। सोही अनुरुप दोस्रो चरणको काम सुरु भएको छ ।

साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लम्कीको महत्वाकांक्षी योजनाका रुपमा ‘कर्णालीको पानी लम्कीवासीलाई’ आइतबार शिलान्यास गरिएको छ । योजनाकोे नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शिलान्यास गरेका थिए ।

Seti Hospital

पहिलो चरण अन्तर्गत १४ करोड ७७ लाखको बजेटबाट बल्चौरमा ५ वटा कुवा निर्माण, साढे चार लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की, ३५ सय मिटर पाइपलाइन विस्तार, ओभरहेड ट्याङ्की र प्रशासनिक भवन निर्माणको ९० प्रतिशत पूरा भएको कार्यालय प्रमुख जगन्नाथ ढकालले बताए ।

संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले लम्कीवासीलाई २४ घण्टा कर्णालीको पानी उपलब्ध गराउने उद्देश्यले खानेपानी योजनाको काम भइरहेको बताए ।

दोस्रो चरणको कामको ठेक्का सम्झौता भइसकेको छ । कार्यालय प्रमुख ढकालले सुप्रिम जय माता जेभी काठमाडौंसँग २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपियाँमा ठेक्का भएको बताए ।

२०८२ असार २३ मा सम्झौता भएको दोस्रो चरणको योजनामा साढे चार लाख लिटर क्षमता भएका दुई वटा ओभर हेड ट्याङ्की, आठ किलोमिटर मुख्य पाइपलाइन र ३६ किलोमिटर सहायक पाइपलाइन विस्तारको काम हुनेछ ।

यो काम २०८५ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो चरणको काम सम्पन्न भएसँगै कर्णालीको पानी लम्कीवासीलाई पुर्याउने योजनाले पूर्णता पाउने जनाइएको छ । यस खानेपानी योजनाले पूर्णता पाएसँगै १५ हजार घरधुरीमा २४ सै घण्टा कर्णालीको पानी घरको धारामा पुग्ने अध्यक्ष चलाउनेले उल्लेख गर्नुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार