अभिनेता थारुलाई प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार

धनगढी : अढाई दशकदेखि कला क्षेत्रमा क्रियाशील अभिनेता सङ्गत थारुलाई प्रज्ञा प्रादेशिक पुरस्कार प्रदान गरिएको छ। २१२ औं आदिकवि भानु जयन्तीको अवसर पारेर सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले उहाँलाई प्रज्ञा प्रादेशिक पुरस्कार प्रदान गरेको हो। कार्यक्रममा प्रमुख अतिथि रहनू भएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले थारुलाई अभिनन्दन पत्रसहित पुरस्कार हस्तान्तरण गरे ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ मा बस्दै आउनु भएका थारु अढाइ दशकदेखि कला क्षेत्रमा क्रियाशील हुनुहुन्छ। उहाँले थारु भाषाको चलचित्रदेखि लिएर विभिन्न म्युजिक भिडियोमा आफ्नो भूमिका निर्वाह गर्नु भएको छ।

SHIKHAR COOL TECH

अनवरत रुपमा कलाकारिता क्षेत्रमा क्रियाशील रहेको भन्दै प्रतिष्ठानले नाट्य तथा चलचित्र विधातर्फ थारुलाई प्रज्ञा प्रादेशिक पुरस्कारले पुरस्कृत गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार