घोडाघोडी तालमा रुख नासिएसँगै हरिहाँसको सङ्ख्या घट्यो !

कैलाली : घोडाघोडी ताल तराईकै ठुलो सिमसार क्षेत्रका रूपमा रहेको छ । जैविक विविधताले महत्वपूर्ण घोडाघोडी तालमा रुख नासिएसँगै हरिहाँसको सङ्ख्या घट्न थालेको छ । घोडाघोडी संरक्षणका लागि सन् १९९२ सालदेखि विभिन्न निकायले काम गर्दै आएका छन् । सन् २००९ देखि घोडाघोडी तालको जैविक विविधतामा काम गर्दै आइरहेको स्थानीय संस्था चरा संरक्षण नेटवर्कले हरेक वर्ष घोडाघोडीमा चरा गणना गर्ने काम गर्छ । नेटवर्कका अध्यक्ष दयाराम चौधरीले विगतको तुलनामा घोडाघोडीमा चराको सङ्ख्या घट्दै गएको बताए ।

उनले घोडाघोडीमा स्थानीय र आगन्तुक चराको वासस्थान असुरक्षित बन्दै गएपछि चराको सङ्ख्यामा कमी आउन थालेको जानकारी दिए । अध्यक्ष चौधरीले भने, “घोडाघोडीमा विभिन्न प्रजातिका चरा रहे पनि यहाँको सूचक प्रजाति हरिहाँस हो । पानीमा रमाउने हरिहाँसले सुकेका रुखमा गुँड लगाउने र अन्डा पार्ने तथा बच्चा कोरल्ने गर्दछ । सुकेका रुख नासिँदै गएपछि हरिहाँसको वासस्थानमा खलल पुगेको छ ।” घोडाघोडी तालको वरपर सामुदायिक वन रहेको छ । हरेक वर्ष सामुदायिक वनले सुक्खा, ढलापढा रुख काट्दा चराको वासस्थानमा समस्या आएको हो ।

Seti Hospital

अध्यक्ष चौधरीले केही वर्ष पहिला घोडाघोडी तालको आसपासको क्षेत्र मैतुवा, सिमथरी, तीनचटियामा रहेका सुकेको रुखमा हरिहाँसले गुँड लगाएको देखेपछि ती क्षेत्रमा आफूहरूले सुखेका रुख नकाट्न आग्रह गरेको बताए । पहिलो पटक सन् १९९२ सालमा घोडाघोडीमा ६६२ वटा हरिहाँस रहे पनि हाल २३० को हाराहारीमा झरेकोे उहाँले जानकारी दिए । हरिहाँसको सङ्ख्यामा कमी आउनुमा चोरीसिकारी, गुँड भत्काउने, तालमा माछा मार्ने, सिङ्गडा टिप्ने क्रियाकलाप बढ्दै जानु मुख्य रहेको छ । नेटवर्कले यस वर्षसमेत घोडाघोडीको सूचक प्रजातिको गणना गर्ने जनाएको छ ।

सन् २०२३ मा २१२ को सङ्ख्यामा रहेका हरिहाँस २०२४ हल्का बढेर २२५ वटा रहेको थियो । घोडाघोडी क्षेत्रमा हरेक वर्ष नेपाल पन्छी संरक्षण सङ्घले समेत जाडो र गर्मी समयमा सिमसार क्षेत्रको चराको गणना गर्ने काम गर्दछ । सङ्घका हिरुलाल डङ्गौराले यस वर्ष हरिहाँसको गणना तीन दिन लगाएर सकिएको जनाउँदै त्यसको रिपोर्ट केही दिनमा आउने बताउनुभयो । घोडाघोडीमा चराको सङ्ख्या घटेसँगै पहिला पहिला देखिने चरा अहिले देखिन छाडेका छन् । चराविद् डा। हेमसागर बरालले पहिलो पटक घोडाघोडी पुग्दाको अनुभव सुनाउँदै भन्नुभयो, “म पहिलो पटक घोडाघोडीमा पुग्दा देखेका कैलो टाउके हाँस बर्सौं भयो देखिन छोडेको छ ।”

घोडाघोडी सूचक प्रजातिका रूपमा रहेको हरिहाँसकै कारण विश्व रामसार साइडमा सूचीकृत भएको हो । हरिहाँसको सङ्ख्यासमेत हरके वर्ष घटबढ भइरहेको छ । हरिहाँसको वासस्थान नासिँदै गएपछि सङ्ख्यामा कमी आएको हुन सक्ने चराविद् बरालले बताए । चराविद् बरालले घोडाघोडी सिमसार क्षेत्र सङ्घीय र प्रदेशको दायित्वभित्र पर्ने भएकाले सरकारले दिगो योजना बनाई सिमसार क्षेत्रको जैविक विविधता संरक्षणमा काम गर्नुपर्ने सुझाव दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार