सुखड : कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१ र ०८२ मा ८६ दशमलव ३८ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । गाउँपालिकालाई यस वर्ष प्राप्त भएको कुल ५० करोड २३ लाख ९ हजार २ सय ६३ रुपैयाँ मध्ये ४३ करोड ३८ लाख ८५ हजार ३ सय २५ रुपैयाँ खर्च भएको हो ।
गाउँपालिकालाई चालु खर्च तर्फ प्राप्त बजेटको ९२ दशमलव ९५ प्रतिशत र पुँजीगत तर्फ प्राप्त बजेटको ७५ दशमलव १४ प्रतिशत रकम कार्यान्वयन गरिएको छ । चालु खर्चतर्फ प्राप्त कुल ३१ करोड ६९ लाख २७ हजार मध्ये २९ करोड ४५ लाख ८३ हजार ५ सय ४९ खर्च भएको छ । यस्तै पुँजीगत खर्चतर्फ प्राप्त कुल १८ करोड ५३ लाख ८२ हजार २ सय ६३ मध्ये १३ करोड ९३ लाख १ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको छ ।
यस आर्थिक वर्षका लागी गाउँ सरकारले ९सामाजिक सुरक्षा० बाहेक कुल ५६ करोड २० लाखको अनुमानित बजेट ल्याएको भए पनि पालिकालाई भने कुल ५० करोड २३ लाख ९ हजार २ सय ६३ रुपैयाँ मात्रै प्राप्त भएको गाउँपालिकाले जनाएको छ । यस्तै सामाजिक सुरक्षा तर्फ चालु वर्षका लागी अनुमानित बजेट २३ करोड ८१ लाख मध्ये १४ करोड ४७ लाख ८७ हजार ४ सय ५ रुपैयाँ प्राप्त भएको छ भने खर्च शतप्रतिशत भएको भएको छ ।
प्रतिक्रिया दिनुहोस्