गाजामा इजरायली आक्रमणबाट ४६ जनाको मृत्यु

काठमाडौं : शनिवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसलले बताएअनुसार दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी र इजरायली समर्थित सहायता वितरण केन्द्र नजिकै खानाको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबारीबाट २७ जना प्यालेस्टिनीको मृत्यु भएको छ । १८० जना घाइते भएका छन् ।

उत्तरी शहर गाजा शहरमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ महिला र बालबालिका छन् । मध्य गाजा पट्टीको देइर अल–बलाह शहरमा हवाई आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

Seti Hospital

एम्बुलेन्स टोलीले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको शेख नासेर क्षेत्रबाट इजरायली बमबारीमा मारिएका दुई व्यक्तिको शव पनि निकालेको छ । मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको छ ।

इजरायलले आफ्नो आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तिमा ७ हजार ३ सय ११ प्यालेस्टिनीहरू मारिएका छन् ।

२६ हजार ५४ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५७ हजार ८ सय ८२ पुगेको छ भने घाइतेहरूको संख्या १ लाख ३८ हजार ९५ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार