धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ ।
छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएपछि नगरपालिकाले म्याद दिएर छाउगोठ भत्काउन निर्देशन दिएको हो ।
शनिबार बिहान सर्पले टोकेर गम्भीर भएकी २८ वर्षीया कमला आउजीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । कमलालाई सर्पले बाँया गालामा डसेको थियो ।
कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले १५ दिनभित्र छाउगोठ नभत्काए १० हजार जरिवाना गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्