भाइरल चियावाली आशिकाले धनगढीमा खोलिन् खाजा चौतारी, आमाको हातबाट उद्घाटन

धनगढी : क्याम्पस पढ्दै धनगढीका सडकमा चिया बेच्दै गरेकी आशिका ओलीले धनगढीको एक्सिस स्कुल नजिकै तारानगरमा खाजा चौतारी सञ्चालनमा ल्याएकी छन् ।

शनिवार आफ्नी आमाबाट खाजा चौतारीको उद्घाटन गरेकी हुन् । लाज डर नमानी आफूले हातमा चियाको थर्मस लिएर धनगढीका सडक सडकमा चिया बेच्दै गर्दै गर्दा आज धेरैको हौसलाले आफ्नै क्याफे सञ्चालन ल्याउन सफल भएको खाजा चौतारीकि सन्चालिका आशिका ओलीले बताएकी छन ।

SHIKHAR COOL TECH

आशिकाले अरू युवालाई पनि लाज नमानी देशमै सानातिना पेसा व्यवसाय गर्न आग्रह गरेकी छिन् । उनले सञ्चालन गरेको खाजा चौतारीमा चियाका पारखीलाई स्यान्ड-टी र स्यान्ड कफी ल्याएकी छन् । विशेष गरी मध्यपूर्वका देशहरूमा बालुवामाथि तामा वा पित्तलको भाँडामा भकभकी चिया चिया पकाउने चलन छ।

बालुवामा राखेर पकाइने भएकाले यसलाई ‘स्यान्ड टी’ भनिन्छ । यस्तै चियाका साथै नेवारी खाजा सेट, स्पाइरल आलु,म:म चाउमिन अन्य खाजाका परिकार पनि पाइने संचालक आशिका ओलीले बताएकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार