कैलालीको अत्तरियाबाट लागू औषध ट्रामाडोल क्याप्सुल सहित २ जनालाई पक्राउ

अत्तरिया :  कैलालीको अत्तरियाबाट लागू औषध ट्रामाडोल क्याप्सुल सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

शनिवार साँझ लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका – २ तेघरीबाट हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो ।

Seti Hospital

पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय तपेश खड्का र २६वर्षीय दिक्पाल स्वार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीले तपेश खड्काको साथबाट ३१० ट्रामाडोल क्याप्सुल र दिक्पाल स्वारको साथबाट ५० क्याप्सुल बरामद गरेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार