बाजुरामा ७५ प्रतिशत धान रोपाइँ सम्पन्न

धनगढी :  बाजुरामा ७५ प्रतिशत धान रोपाइँ भएको छ । गत जेठको दोस्रो हप्तादेखि सुरु भएकाधान रोपाइँ अहिले जम्मा ७५ प्रतिशत सम्पन्न भएको हो ।

लामो समयसम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म नौ वटै स्थानीय तहको असार २७ गतेसम्म ७५ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

Seti Hospital

खोला किनार जमिनमा जेठ दोस्रो साताबाट सुरु भएको रोपाइँ कुलो नलाग्ने ठाउँमा भने साउन दोस्रो हप्तासम्म धान रोपाइँ हुने गरेको बुढीगङ्गा नगरपालिका स्थानीय स्थानीय कृषक खम्म सार्कीले बताए ।

उनले भने “यहाँका अधिकांश जमिनमा सिँचाइको सुविधा छैन । खोला किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भए पनि सिँचाइ सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा साउन दोस्रो हप्ता रोपाइँ हुन्छ ।”

यहाँ सिँचाइका लागि कुलोको व्यवस्था छैन । त्यसैले आकाशे पानीको भरमा रोपाइँ ढिला भएको सार्कीले बताए । बाजुराको बडिमालिका, बूढीनन्दा, त्रिवेणी, खप्तड छेडेदह, बुढीगङ्गा, गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमालीलगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएको कृषि ज्ञान बाजुराका कार्यालय नि। प्रमुख जसिराम साहानीले बताए ।

उनले भने, “बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिन छ । यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेतीयोग्य जमिन छ ।” बाजुरामा २७ हजार १६० हेक्टर जमिन छ । यसमध्ये बाजुरामा सात हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको साहानीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार