अछाममा जुवातास खेल्दै गरेका छ जना पक्राउ

अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका–४ स्थित कैलाशखोलामा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् ।

शनिबार साँझ ८ बजेतिर गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले पुरानो छानावाला घरमा जुवातास खेलिरहेको अवस्थामा ४१ वर्षीय खेमराज शर्मासहित छ जनालाई पक्राउ गरेको हो ।

Seti Hospital

प्रहरीले घटनास्थलबाट नगद १८ हजार ९५ रुपैयाँ र दुई गड्डी तास समेत बरामद गरेको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार