३५ लाखमा निर्मित स्वास्थ्य चौकी चार वर्षदेखि अलपत्र

टीकापुर : कैलालीको टीकापुर नगरपालिका(३ रामपुरमा चार वर्षअघि निर्माण भएको स्वास्थ्य चौकी भवन सञ्चालनमा नआउँदै अलपत्र परेको छ। आर्थिक वर्ष २०७७र०७८ मा स्वास्थ्य चौकी निर्माण लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३५ लाख बजेटबाट निर्मित स्वास्थ्य चौकी भवन सञ्चालनमा नआउँदै अलपत्र परेको हो।

ऐलानी जग्गामा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको एक कुना व्यक्तिगत जग्गामा जाने बाटोमा परेपछि निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा समेत भवन सञ्चालन नआउँदै अलपत्र परेको हो। स्थानीय बासीका अनुसार रामपुरमा रहेको चार कट्ठा ऐलानी जग्गामा स्थानीय सरकारले पर्याप्त छलफल नै नगरी निर्माण गर्दा भवनको एक कुना निजी जग्गामा जाने बाटोमा परेको भन्दै सञ्चालनमा नआएको हो।

Seti Hospital

‘भवन निर्माण हुँदासम्म कसैले कहिंकतै भवन बाटोमा परेको बारे केही भनेनन्, तर भवन निर्माण सम्पन्न भएर उद्घाटनको तयारी गर्दा जग्गाधनीले भवन बाटोमा परेको भन्दै विवाद गरेपछि अलपत्र परेको हो’ वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष रामसेवक महतोले भने ‘स्थानीय नारायण पण्डितले प्लानिङ्ग गरेको बाटोमा चार फिट भवनले मिचेको भन्दै विवाद भएको थियो, हामीले पटक पटक छलफल गरेर समाधान प्रयास गरेका थियौं, तर पनि कुरा नमिल्दा भवन अलपत्र परेको हो।’

पूर्व वडाध्यक्ष महतो वडामा अन्य ठाउँमा सार्वजनिक जमिन नभएकाले त्यो ठाउँमा भवन बनाएको प्रतिक्रिया दिन्छन्। नगर कार्यपालिका बैठकमा छलफल गरेर नै भवन बनाएको उनको दाबी छ। ‘स्वास्थ्य चौकीका लागि बजेट पर्दा स्थानीय एकदमै खुशी थिए। जब भवन सर्ने कुरा आयो, तब विवाद भयो’ पूर्व वडाध्यक्ष महतोले भने ‘भवन छेउबाटै २० फिटको बाटो निकालिएको छ। भवनको एउटा कुनाले चार फिट जति बाटो च्यापिएको छ। त्यसमै विवाद भयो र हालसम्म प्रयोगमै ल्याउन सकिएको छैन।’

महतोले जग्गाधनीलाई नगरपालिकामा बोलाएर छलफल गरेको बताउँदै विवाद टुंग्याउन खोजे पनि आफ्नो कार्यकाल सकिएकाले प्रक्रिया अधुरै रहेकाले भवन हालसम्म प्रयोगविहीन भएको बताए। स्थानीय बासिन्दा अर्जुन चौधरीका अनुसार जनप्रतिनिधिले जग्गाधनीहरू सँग कुनै छलफल नै नगरी भवन निर्माण गर्दा समस्या भएको बताए। ‘स्वास्थ्य भवनसँग जोडिएको जग्गाको मोहडा थोरै छ, त्यसैमा बाटो बनाएपछि विवाद भएको हो’ उनले भने ‘स्थानीय सरकारले सञ्चालन गर्न चासो देखाए बाटोमा परेको जग्गा सट्टापट्टा गरेर मिलाउन सकिन्छ, त्यसबारे अहिलेको स्थानीय सरकारले वास्ता गरेको छैन।’

वडा नम्बर ३ को रामपुरमै गैरसरकारी संस्था कोइकाले निर्माण गरेको अत्याधुनिक स्वास्थ्य चौकीको भवन छ। स्थानीयबासीहरू नगरपालिकाले स्वास्थ्यका नाममा आएको बजेट स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेर त्यही भवनबाट वडा कार्यालय सञ्चालन गर्ने तयारी गरेको बताउँछन्। ‘स्वास्थ्य चौकी भवन कोइकाले निर्माण गरेको धेरै राम्रो छ, स्वास्थ्य चौकी भवन निर्माण गरेर त्यही भवनबाट वडा कार्यालय सञ्चालन गर्ने तयारी त्यतिबेला थियो’ स्थानीय सुनिता चौधरीले भनिन् ‘भवनको विवादका कारण हालसम्म वडा नम्बर ३ को आफ्नो भवन छैन, सेवाग्राहीलाई सेवा लिन समस्या हुँदै आएको छ।’

रामपुरमा निर्मित उक्त भवन सञ्चालनमा नहुँदा कोइकाले निर्माण गरेको स्वास्थ्य चौकीकै भवनबाट वडा कार्यालय सञ्चालनमा छ। स्वास्थ्य चौकी र वडा कार्यालय एउटै भवनबाट सञ्चालन हुँदा दुवै थरि सेवाग्राहीलाई समस्या हुने गरेको स्थानीयहरू बताउँछन्। स्वास्थ्य चौकीलाई कोइकाले निर्माण गरेको भवनमै राखेर नयाँ भवनमा वडा कार्यालय सार्न कार्यपालिकाले निर्णय नै गरेको थियो।

टीकापुर नगरका नगर प्रमुख रामलाल डगौरा थारू पर्याप्त समन्वय विना भवन निर्माण हुँदा विवाद उत्पन्न भएर भवन अलपत्र परेको बताउँछन्। ‘उक्त भवनमा वडा कार्यालय राख्ने गरी विवाद समाधानका लागि छलफल भइरहेको छ’ नगर प्रमुख थारूले भने ‘छिमेकी जग्गाधनीले पालिकाको न्यायिक समितिमा छलफलका लागि निवेदन दिएका छन्, हामी यसमा छलफल गरेर समाधान निकालेर भवन सञ्चालन गर्ने तयारीमा छौं।’ निर्माण भएको चार वर्षसम्म समेत सञ्चालन हुन नसकेपछि उक्त भवन जीर्ण हुँदै गएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार