बैतडीको डिलाशैनीमा आज शोक बिदा

बैतडी : जिप दुर्घटना हुँदा बैतडीको डिलाशैनी गाउँपालिका–१ घर भएका दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा परेर एकै गाउँका दुई जनाको मृत्यु र ६ जना घाइते हुँदा गाउँपालिका शोकमा डुबेको छ।

शनिबार बिहान भएको जिप दुर्घटनामा परी डिलाशैनी गाउँपालिका–१ घर भएका बरम आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ३२ बर्षीय किरनबहादुर बोहरा र डिलाशैनी गाउँपालिका –१ कै जिप चालक २४ बर्षीय सन्तोषबहादुर रानाको मृत्यु भएको हो। धनगढीबाट गण्न्नातर्फ आइरहेको सुपप्र ०१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाँच बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परेर डिलाशैनी १ कै ६ जना घाइते भएका छन्।

Seti Hospital

दुर्घटना परेर एक कुशल स्वास्थ्यकर्मीको निधन भएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए । यस्तै एक होनहार युवाको निधनले सिंगो गाउँ शोकमा डुबेको उनले बताए। उनले भने, ‘गाउँभरी सन्नटा छाएको छ । दुखद घटनाले सबैलाई मर्माहत बनाएको छ ।’

मृतक बोहराका घरमा एक छोरा, श्रीमती र आमा–बुवा रहेका छन्। यस्तै दुर्घटनामा मृत्यु भएका चालक रानाको घरमा एक छोरी, श्रीमती र आमा–बुवा रहेका छन्। एकै गाउँका दुईजना युवाको अकालमै ज्यान गएपछि गाउँपालिका शोकमा डुबेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए।

डिलाशैनीका लागि आज कालो दिन भएको बताउँदै उनले एक कर्मठ, स्वास्थ्य क्षेत्रको कुशल व्यक्ति किरनबहादुर बोहरा र नरम स्वभावका युवा चालक सन्तोषबहादुर रानाको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

दुर्घटनामा परी एकै गाउँका दुईजनाको मृत्यु र ६ जना घाइते भएपछि गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ  गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै आइतबार गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार