यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : देशभर मनसुन पुनः सक्रिय बनेको छ, जसका कारण अधिकांश भू-भागमा बदली र वर्षाको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा थोरै उत्तरतिर सरेकाले मनसुनी गतिविधि बढेको हो । आइतबार बिहानैदेखि देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Seti Hospital

महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार आइतबार दिनभर देशभरको मौसम सामान्यतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि पूर्वानुमान गरिएको छ ।

सम्भावित भारी वर्षाका कारण पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहनेछ भने सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको खतरा बढेको छ । नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने देखिएकोले महाशाखाले सम्भावित विपत्तिबाट जोगिन आवश्यक पूर्वतयारी गर्न, यात्रामा विशेष सावधानी अपनाउन तथा नदी किनार र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई विशेष अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार