‘गीत-संगितका नाममा छाडापन भित्र्याउनेलाई बहिष्कार गरौँ’

भक्तराज जोशी

स्वर जस्तोसुकै होस् । चाहे, बोरा च्यातिँदा सुनिने आवाज जस्तै होस् तर एउटा गीत गाइदिएपछि गायक रे । हिजोसम्म आफूलाई खुलेरै बाथरुम सिङ्गर भन्नेहरु आज सर्वोत्कृष्ट गायकको ताज पहिरिन तानातान गरिरहेका छन् । अझ त्यसैमाथि अब हिन्दु नेपाली नारीहरुको महान चाड तीज आउँदैछ । र सँगै आउँदैछ तीज गीतका नाममा छाडापनको बहार ।

अहिले अधिकांश गायक, गायिका र कलाकारहरु तीज गीत निकाल्ने जोडतोडमा छन् । बजारमा आइसकेका त छैनन् तर आउने गीतहरु अश्लिलताले भरिएका हुनेछन् भन्ने कुरामा कुनै दुईमत छैन । 

Seti Hospital

न समाज नै बिथोल्ने त्यस्ता गीत रोक्ने हिम्मत कसैसँग छ, न त छाडापनलाई प्रसय दिनेलाई नियमन गर्ने हिम्मत कसैले गर्छ । यही कारण आज समाज झन्झन् बिग्रँदो बाटोमा छ । अझ केही गीत संगित त यस्ता छन्, दिदीबहिनी, आमा, बा सँगै बसेर बजारमा नयाँ गीत आएछ कस्तो रहेछ ? भनेर हेर्न सम्म सकिने खालका छैनन् । 

कतै झुक्किएर बजिहाले कान थुन्नुपर्ने अवस्था छ । टिकटकले छाडापन ल्यायो भन्नेहरुले अब साच्चिकै छाडापनलाई अँगाल्नेहरुमाथि डन्डा चलाउनुपर्छ । सेन्सर गर्नुपर्नेले पनि यस्ता कुरामा सेन्सर गर्नुपर्छ । आशा गरौँ, अब यस्तो नहोस् । भएछ भने पनि त्यसलाई नो भन्न सक्ने क्षमता सबैलाई मिलोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार