पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान, बाढी-पहिरोको उच्च जोखिम

काठमाडौं : देशभर मनसुनी वायु सक्रिय भएसँगै शनिबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको औंल्याउँदै बाढी, पहिरो तथा डुबानको जोखिमबाट बच्न सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सामान्य अवस्थामा रहे पनि पश्चिममा भने सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि थप प्रभावकारी बनेको हो । यसैको प्रभावले शनिबार देशभर साधारणतया बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।

Seti Hospital

तराईका केही स्थानमा पनि वर्षा हुनेछ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकै सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।

सम्भावित भारी वर्षाले निम्त्याउन सक्ने विपत्तिप्रति महाशाखाले गम्भीर ध्यानाकर्षण गराएको छ । वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो र गेग्रान बहावको जोखिम उच्च रहनेछ । त्यसैगरी, सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा बढ्ने देखिएको छ ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह अप्रत्याशित रूपमा बढ्न सक्ने भएकाले नदीतटीय क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनु जरुरी छ ।’ महाशाखाले सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई आवश्यक पूर्वतयारीमा जुट्न र सतर्क रहन अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार