बैतडी पूर्ण खोप तथा दिगोपन सुनिश्चितता जिल्ला घोषणा

बैतडी : बैतडी ‘पूर्ण खोप तथा दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको छ। १६ देखि ५९ महिनासम्मका १३ हजार एक सय ४८ जना बालबालिकालाई आवश्यक सम्पूर्ण खोपहरू उपलब्ध गराइएपछि जिल्लालाई पूर्ण खोप तथा दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको हो।

पहिलो पटक सन् २०७२ साल असार ६ गते बैतडीलाई नेपालमै सातौँ ‘पूर्ण खोप जिल्ला’ घोषणा गरिएको थियो। त्यसयता प्रत्येक वर्ष दिगोपनको मूल्याङ्कन गरी सुनिश्चितता घोषणा गरिँदै आएको छ। यसपटक पनि सबै आवश्यक मापदण्ड पूरा भएपछि पुनः दिगोपना सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्य लय बैतडीका प्रमुख तिर्थराज भट्टले बताए।

Seti Hospital

उक्त अवसरमा जिल्लाका १० जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई प्रमाणपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो। यस्तै, वडा र गाउँपालिका तहमा खोप सुनिश्चितता घोषणा भइसकेका क्षेत्रका स्वास्थ्य प्रमुखहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डा। खगेन्द्र बहादुर बमले पूर्ण खोप दिगोपनको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामीलाई हस्तान्तरण गर्दै आगामी दिनहरूमा पनि खोप सुनिश्चिततामा थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।

खोप सेवाको सुदृढीकरणका लागि प्रभावकारी रणनीति अपनाएको जनाइएको छ। घरधुरी सर्वेक्षण, प्रतिवेदन विश्लेषण, सूक्ष्म योजना अद्यावधिक तथा छुट बालबालिकालाई समेत खोप सेवा दिने कार्यक्रमलाई निरन्तरता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरिस प्रसाद भट्टले बताए।

खोप अभियानले विगतका वर्षहरूमा बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा कमी, पोलियो नियन्त्रण, टाइफाइड, हेपाटाइटिस बी लगायत खोपद्वारा रोक्न सकिने रोगहरूमा उल्लेखनीय सफलता हासिल गरेको स्वास्थ्य निरीक्षक भट्टले बताए।

हाल बैतडीमा ३ सय२४ वटा खोप केन्द्र सञ्चालनमा छन् भने १० वटै स्थानीय तहमा खोप भण्डारणका लागि उपकेन्द्र स्थापना गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए।

स्वास्थ्यकर्मीको प्रयास, स्थानीय सरकारको सहभागिता र जनचेतनाको समन्वयले लक्ष्यअनुसारको प्रगति सम्भव भएको जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख खगेन्द्र सिंह धामीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार