धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयद्वारा एसईईमा ग्रेडेड विद्यार्थी तथा शिक्षकलाई सम्मान

धनगढी : कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयले एसईई २०८१ मा ग्रेडेड हुन सफल विद्यार्थीलाई सम्मान गरेको छ । आज विद्यालयमा सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको हो ।

कार्यक्रममा ग्रेडेड सम्पूर्ण विद्यार्थीलाई बधाई ज्ञापन तथा सम्मान गरिएको थियो । पञ्चोदय माध्यमिक विद्यालयले एसईई २०८१ मा ९३.०४ प्रतिशत नतिजा ल्याएको थियो । एसईईमा १ सय ८७ जना विद्यार्थी सहभागी भएकामा १ सय ७४ जना उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।

Seti Hospital


विद्यालय प्रशासनका अनुसार ४ जना आशिष भट्ट,बर्खा चौधरी,सागर जोशी र शोनाली कुँवरले ३.८६ जीपीए ल्याएका थिए । त्यस्तै ३२ जनाले ‘ए’ प्लस,७२ जनाले ‘ए’ र ५९ जनाले ‘बी’ प्लस ग्रेड ल्याएका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री खड्का पछिल्लो समय सामुदायिक विद्यालयले नतिजा सुधार गर्दै गएको बताए । उनले भने ‘पछिल्लो समय सामुदायिक विद्यालयको नतिजामा सुधार हुँदै गएको छ । अझै राम्रो बनाउँदै लैजानु पर्नेछ ।’

उनले विद्यालय बनाउनका लागि शिक्षक,नेतृत्व,अभिभावक सबैको महत्वपूर्ण भूमिका रहने बताए । त्यस्तै विद्यार्थीको मेहनत पनि आवश्यक हुने उनले बताए । उनले विगतदेखि सरकारले सामुदायिक विद्यालयमा भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए ।

उनले सामुदायिक विद्यालयप्रतिको विश्वास घटिरहेका बेला विश्वास बढाउनतर्फ सबैले लाग्नुपर्ने बताए । शिक्षा मौलिक हक भएकाले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीले पनि गुण्स्तरीय शिक्षा पाउनु पर्ने सरकारको उदेश्य रहेको बताए ।

कार्यक्रममा बोल्दै त्रिभूवन मावि बोराडाँडीका प्रधानाध्यापक सीताराम अवस्थीले सामादायिक विद्यालयलाई हेर्ने दृष्टिकोण राम्रो नभएपनि सामुदायिक विद्यालयको नतिजा राम्रै भएको बताए । उनले राज्यले सामुदायिक विद्यालय सुधारमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा राम्रो नतिजा ल्याउन महत्वपूर्ण योगदान गर्ने शिक्षक,शिक्षिका,आफ्ना छोरोछोरीलाई सोही विद्यालयमा पढाउने शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

पञ्चोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा विव्यसका सदस्यहरु,शिक्षक अभिभावक संघका अध्यक्ष,प्रधानाध्यापक हरिशकुमार ओझा,सहायक प्रधानाध्यापक गंगाराम ओझा,शिक्षकहरु, विद्यार्थीको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार