“कैदीसँग मोबाइल ! कैलाली कारागारमा सीडीओ  गोगन बहादुर हमालको छापा”

भक्तराज जोशी

धनगढी — कैलाली जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गगन हमालले कैलाली कारागारमा मध्य राती अचानक छापा हानेका छन्।
हिजो राति करिब १० बजेपछि गरिएको उक्त छापा कारागारभित्र अनुशासन र सुरक्षा सम्बन्धी गुनासोहरू आएपछि गरिएको बताइएको छ।

सीडीओ हमालसहितको टोलीले छानबिनका क्रममा दुईवटा मोबाइल फोन बरामद गरेको पुष्टि भएको छ। मोबाइल कसको हो, र कसरी कारागारभित्र पुग्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रशासनले जनाएको छ।

Seti Hospital

हमालले भने, “कारागारभित्र सुरक्षासम्बन्धी गुनासा आइरहेका थिए। त्यसकै आधारमा राति नै छापा मारिएको हो।”
उनले कारागारको नियमित निरीक्षण र कानून अनुसार कारबाही अघि बढाइने जानकारी दिए।

कैलाली कारागारमा लामो समयदेखि कैदीबन्दीहरूले मोबाइल, लागूऔषध, मदिरा लगायतका अवैध सामग्री प्रयोग गर्ने गरेको आशंका र गुनासोहरू समयसमयमा उठ्ने गरेका छन् । यसअघि पनि कारागारभित्र मोबाइल फेला परेको थियो।

सुरक्षाका दृष्टिले चासोको विषय बनेको कैलाली कारागारमा गरिएको यो आकस्मिक छापा प्रशासनको सक्रियता र सख्त निगरानीको संकेतको रूपमा लिइएको छ।

प्रहरी प्रशासनले मोबाइल कसरी भित्रियो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

20%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार