“कैदीसँग मोबाइल ! कैलाली कारागारमा सीडीओ  गोगन बहादुर हमालको छापा”

भक्तराज जोशी

धनगढी — कैलाली जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गगन हमालले कैलाली कारागारमा मध्य राती अचानक छापा हानेका छन्।
हिजो राति करिब १० बजेपछि गरिएको उक्त छापा कारागारभित्र अनुशासन र सुरक्षा सम्बन्धी गुनासोहरू आएपछि गरिएको बताइएको छ।

सीडीओ हमालसहितको टोलीले छानबिनका क्रममा दुईवटा मोबाइल फोन बरामद गरेको पुष्टि भएको छ। मोबाइल कसको हो, र कसरी कारागारभित्र पुग्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रशासनले जनाएको छ।

SHIKHAR COOL TECH

हमालले भने, “कारागारभित्र सुरक्षासम्बन्धी गुनासा आइरहेका थिए। त्यसकै आधारमा राति नै छापा मारिएको हो।”
उनले कारागारको नियमित निरीक्षण र कानून अनुसार कारबाही अघि बढाइने जानकारी दिए।

कैलाली कारागारमा लामो समयदेखि कैदीबन्दीहरूले मोबाइल, लागूऔषध, मदिरा लगायतका अवैध सामग्री प्रयोग गर्ने गरेको आशंका र गुनासोहरू समयसमयमा उठ्ने गरेका छन् । यसअघि पनि कारागारभित्र मोबाइल फेला परेको थियो।

सुरक्षाका दृष्टिले चासोको विषय बनेको कैलाली कारागारमा गरिएको यो आकस्मिक छापा प्रशासनको सक्रियता र सख्त निगरानीको संकेतको रूपमा लिइएको छ।

प्रहरी प्रशासनले मोबाइल कसरी भित्रियो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

17%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार